|  

बंगलादेशको राजधानी ढाकाको एक रेस्टुरेन्टमा भिषण आगलागी हुदा ४३ जनाको मृत्यु

१८ फाल्गुन २०८०, शुक्रबार १०:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । बंगलादेशको एक भवनमा भिषण आगलागी हुँदा ४३ जनाको ज्यान गएको छ । राजधानी ढाकाको एक रेस्टुरेन्टमा बिहीबार राति आगलागी भएको बीबीसीले जनाएको छ ।

बहुतले भवनमा लागेको आगो चाँडै फैलिएको  र दर्जनौं मानिस आगलागीमा फसेका समाचारमा जनाइएको छ। ज्यान गुमाउनेमा महिला र बालबालिका समेत छन् । रेस्टुरेन्ट रहेको भवन सात तलाको छ। यसमा धेरै रेस्टुरेन्ट, कपडा पसल र फोन पसलहरू छन् ।

आगलागीमा परेका ७५ जनालाई उद्धार गरी दर्जनौँलाई आसपासका अस्पतालमा लगिएको छ । आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको र कारणबारे अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ ।

 

१८ फाल्गुन २०८०, शुक्रबार १०:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस