|  

राहत पर्खिरहेका ११२ जना प्यालेस्टाइनी नागरिकको मृत्यु, ७६० जना घाइते

१९ फाल्गुन २०८०, शनिबार १३:३३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । उत्तरी गाजामा राहत सामग्रीको पर्खाइमा रहेका कम्तीमा ११२ प्यालेस्टिनी नागरिकहरू बिहीबार मारिएका छन् । गाजा सहरमा उपस्थित एक पत्रकारका अनुसार मानिसहरू सहायता सामग्री सङ्कलन गर्न आएका थिए । त्यति नै बेला इजरायली ट्याङ्कहरूले उनीहरूमाथि गोली चलाउन थाले। यस घटनामा करिब ७६० जना घाइते भएका छन् ।

हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले यसका लागि इजरायली सेनालाई जिम्मेवार ठहर गरेको छ । इजरायली सेनाले भने एक विज्ञप्तिमा ट्याङ्कहरूले चेतावनीमूलक गोली मात्र चलाएको तर राहत सामग्रीले भरिएका ट्रकहरूमा आक्रमण नगरेको बताएको छ।

इजरायली सेनाले राहत सामग्री बोकेको ट्रकले किचेर धेरै मानिसको मृत्यु भएको दाबी गरेको छ । हमासले इजरायलको यो दाबी अस्वीकार गरेको छ ।
घटनापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले अब गाजामा सेनाले आकाशबाट खाद्यान्न खसाल्ने घोषणा गरेका छन् । अमेरिकी सेनाले यसरी गाजामा खाद्य सामग्री पुर्‍याउन लागेको यो पहिलो पटक हो।

१९ फाल्गुन २०८०, शनिबार १३:३३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस