|  

अफगानिस्तानमा भारी हिमपात हुँदा १५ जनाको मृत्यु, दर्जनौँ घाइते

१९ फाल्गुन २०८०, शनिबार १३:४३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । अफगानिस्तानका विभिन्न प्रान्तमा विगत तीन दिनयता परेको भारी हिमपातका कारण १५ जनाको मृत्यु हुनुका साथै करिब ३० जना घाइते भएका छन् ।

बाल्ख र फार्याब प्रान्तबाट प्राप्त तथ्याङ्कलाई उद्धृत गर्दै टोलोन्यूजले भारी हिम वर्षाका कारण पशुधनमा व्यापक प्रभाव परेको उल्लेख गरेको छ । हालैको हिमपातका कारण लगभग दस हजार जनावरहरू मरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

१९ फाल्गुन २०८०, शनिबार १३:४३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस