|  

आरती साहको मृत्यु प्रकरण : जनकपुरबाट सासू रेणुदेवी पक्राउ

५ चैत्र २०८०, सोमबार ०६:४३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र ५, काठमाडौँ । धनुषाकी आरती साहको मृत्यु प्रकरणमा उनकी सासू रेणुदेवी साह पक्राउ परेका छन् । प्रहरीले जनकपुरबाट पक्राउ गरेको हो ।

आरती साह गत जेठ ७ गते जनकपुर उपमहानगरपालिका ९ थापाचोक स्थित श्रीमानको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिईन् । आरतीका परिवारले दाइजो माग्दै आरतीको हत्या भएको दावी गर्दै आएका छन् ।

आरतीको माइती पक्षले उनका श्रीमान मोतिबाबु, ससुरा मदनमोहन, सासू रेणुदेवी र देवर रवि साहविरूद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए ।

गत असार ३ गते जिल्ला अदालत धनुषाले दुवैलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत जनकपुरले प्रमाण नपुगेको भन्दै असोज १८ गते आरतीका श्रीमान मोतिबाबु र ससुरा मदनमोहनलाई साधारण तारेखमा छोड्न आदेश दिएको थियो ।

५ चैत्र २०८०, सोमबार ०६:४३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस