|  

लघु बीमा कम्पनीले १ अर्ब बढीको आईपीओ ल्याउँदै

५ चैत्र २०८०, सोमबार ०८:०२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र ५, काठमाण्डौँ । हाल देशमा ६ वटा लघुबीमा कम्पनी सञ्चालनमा छन् । नेपाल बीमा प्राधिकरणबाट लघुबीमा व्यवसाय सञ्चालन गर्न लघुबीमाको लाइसेन्स प्राप्त गरी हाल तीन लघु जीवन बीमा र तीन निर्जीवन लघुबीमा कम्पनी गरी कुल ६ लघुबीमा कम्पनीले व्यवसाय गरेका छन् ।

लघुबीमा कम्पनीहरुको चुक्तापुँजी ७५ करोड रुपैयाँ छ । लघुबीमा कम्पनीहरु पब्लिक कम्पनी लिमिटेड कम्पनीको रुपमा दर्ता हुुनुपर्ने र चुक्तापुँजीको न्यूनतम ३० प्रतिशत सेयर आईपीओ सर्वसाधारणलाई निष्कासन गर्नेुपर्नेछ । कम्पनीमा संस्थापकको पनि न्यूनतम ५१ प्रतिशत सेयर हुनु पर्ने निर्देशिकामा उल्लेख छ ।

कम्पनीले केही समयअघि मात्रै औपचारिक व्यवसाय थालनी गरेकाले तत्कालै आईपीओ निष्कासन प्रक्रिया अघि नबढाउने जनाएको छ । तर व्यवसाय ग्रोथ भएसँगै कम्पनीले निर्देशिका पालना गरी आईपीओ प्रक्रिया अघि बढाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादवले बताए ।

लघुबीमा निर्देशिका अनुसार सञ्चालनमा रहेका ६ लघुबीमा कम्पनीले १ अर्ब ३५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछन् ।

५ चैत्र २०८०, सोमबार ०८:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस