|  

म्याग्दीमा जिप दुर्घटना : चालकसहित २ जनाको घटनास्थलमै मृत्यु

५ चैत्र २०८०, सोमबार १०:३३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र ५, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नेपानेमा जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पाउद्धार जाँदै गरेको ग १ ज ७६५३ नम्बरको जिप नेपाने नजिकैको भिरबाट खसेर दुर्घटना भएको हो ।

घटनास्थलमा सवारी धनीरचालक ३७ वर्षीय गणेश श्रेष्ठ र पाउद्धारका २७ वर्षीय लालबहादुर तिलिजाको शव भेटिएको अन्नपूर्ण गाउँपालिका–५ का वडा सदस्य पूर्ण पाइजाले जानकारी दिए ।

सडकदेखि करिब २०० मिटर तल भिरको खोचमा दुर्घटनाग्रस्त भएको थियो ।

 

 

५ चैत्र २०८०, सोमबार १०:३३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस