|  

आज सुनको मुल्य तोलामा १ लाख २४ हजार ५ सय रुपैयाँ

५ चैत्र २०८०, सोमबार ११:४८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । आज सुनचाँदीको मूल्य घटेको छ । आज तोलामा ५ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २४ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । तोलामा १० रुपैयाँले घटेर चाँदी प्रतितोला १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

५ चैत्र २०८०, सोमबार ११:४८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस