|  

त्रिशूलीमा ट्याक्सी दुर्घटना प्रकरण : बेपत्ता रोकायाको शव फेला

२१ चैत्र २०८०, बुधबार १४:३५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । काठमाडौंबाट गोरखातर्फ गइरहेको ट्याक्सी त्रिशूलीमा खस्दा बेपत्ता भएका १८ वर्षीय दिवश रोकायाको शव भेटिएको छ ।

ट्याक्सी त्रिशूलीमा खसेर बेपत्ता भएको पाँच दिनपछि बुधबार बिहान कालीखोलास्थित त्रिशुली किनारामा रोकायाको शव भेटिएको हो । गत शनिबार काठमाडौंबाट गोरखा जाने क्रमा उक्त ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित पृथ्वी राजमार्गको सिमलधारानजिक दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा गोरखा नगरपालिका–७ का ट्याक्सी चालक ३५ वर्षीय अर्जुन सिर्मल, त्यही ठाउँका ४१ वर्षीया हरिमाया रोकाया, ७० वर्षीया जुनकिरी रोकाया, २८ वर्षीया अञ्जना रोकाया र ९ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको थियो ।

 

२१ चैत्र २०८०, बुधबार १४:३५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस