|  

पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री टोपबहादुरसहित १० जनाको मुद्दा स्थगितको सूचीमा

२१ चैत्र २०८०, बुधबार १४:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित १० जनाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन स्थगितको सूचीमा परेको छ ।

बुधबार न्यायाधीशद्वय सुष्मालता माथेमा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त रिट निवेदन सुनुवाइका लागि पेसी तोकिएपनि स्थगितको सूचीमा परेको हो । उक्त रिट निवेदकहरु रायमाझीसहित निलम्बित सचिव टेकनारायण पाण्डे, आङटावा शेर्पा, शमशेर मियाँ, केशवप्रसाद दुलाल, सन्देश शर्मा, गोविन्द कुमार चौधरी, सागर राई, इन्द्रजित राई र सानु भण्डारीका कानून व्यवसायीबाट स्थगित गरिएको सर्वोच्चले जनाएको छ ।

 

 

२१ चैत्र २०८०, बुधबार १४:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस