|  

महाराष्ट्रमा कपडाको पसलमा आगलागी हुदा ७ जनाको मृत्यु

२१ चैत्र २०८०, बुधबार १५:०५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । महाराष्ट्रको सम्भाजीनगर क्यान्टोन्मेन्ट क्षेत्रको एउटा कपडा पसलमा भीषण आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । छत्रपति सम्भाजीनगरको क्यान्टोन्मेन्ट क्षेत्रमा बिहान ४ बजे कपडा पसलमा आगलागी भएको औरंगाबादका पुलिस कमिश्नर मनोज लोहियाले समाचार एजेन्सी एएनआईलाई भनेका छन् ।

प्रारम्भिक अनुसन्धानका अनुसार सात जनाको निस्सासिएर मृत्यु भएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । घटनाबारे प्रहरीले छानबिन गरिरहेको बताइएको छ ।

२१ चैत्र २०८०, बुधबार १५:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस