|  

बेनिघाट रोराङ-४ मा क्रिस्टल माला बनाउने तालिम सुरु

२१ चैत्र २०८०, बुधबार १७:२५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । महिलाहरूलाई व्यवसायिक बनाउने उदेश्यले धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर-४ ले क्रिस्टल माला बनाउने तालिम सुरु गरेको छ । आईतबारबाट सुरु भएको तालिममा वडा नम्बर-४ भित्र रहेका महिला समुहहरुको दुई/दुई जनाको उपस्थितीमा तालिम सञ्चालन भईरहेको वडा अध्यक्ष राजु बहादुर मगरले बताउनुभयो ।

महिलाहरुको लागी आत्मनिर्भर बनाउने, महिलाहरुको लागी आबश्यक पर्ने सामाग्री खरिदमा पुरुषको भर पर्न नपरोस् भन्ने उदेश्यले यो तालिम सञ्चालन गरिएको उहाँल बताउनुभयो ।
सहभागिहरुले तालिम धैरै नै उपलब्धीमुलक हुने र यसले आफुहरुलाई उद्यम गर्न थप प्रेरीत गरेको उपस्थितले बताएका छन् । क्रिस्टलको प्रयोग गरी माला, चुरा, औंठी, लकेट लगाएत विभिन्न प्रकारका गहना बनाउने सिप सिक्न सफल भएको बताउदै सहभागिहरुले यस तालिमले महिलाहरुमा आत्मनिर्भर बन्ने पे्ररणा दिएको समेत बताएका छन् । क्रिस्टलका गहनाको माग बढेकाले आफुले सिकेको सीप व्यवसायीक रुपमा प्रयोग गर्न सकिनेमा बिश्वास लागेको बताए ।

२१ चैत्र २०८०, बुधबार १७:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस