|  

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : मुख्य सुरुङ छिचोल्न २ मिटर बाँकी, छिट्टै ‘ब्रेक थ्रु’ हुने

२२ चैत्र २०८०, बिहीबार ०६:४८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र २२, काठमाण्डौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ छिचोल्नका लागि तयारी अवस्थामा पुगेको छ । दुई मिटर खन्न बाँकी रहेकोले ब्रेक थ्रुु गर्न सकिने अवस्थामा पुगेको आयोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिए । सुरुङ छिचोल्ने अवस्थामा पुगेको भए पनि मिति भने तय भइनसकेको उनले बताए ।

यसअघि गएको फागुन २३ गते नै सुरुङ छिचोल्ने मिति तय भएकोमा स्थानीयवासीले काममा अवरोध गर्दा हुन सकेको थिएन । स्थानीयवासीसँगको सहमतिपछि गएको चैत ६ गतेदेखि फेरि काम शुरु भएको हो । सुरुङ छिचोलेपछि सुरुङलाई थप सुधार गर्नुपर्ने भएकाले गाडी चलाउन थप एक वर्ष लाग्ने उपनिर्देशक दुमरुले बताए ।

२२ चैत्र २०८०, बिहीबार ०६:४८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस