|  

इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको भिडन्तमा २८ जनाको मृत्यु

२३ चैत्र २०८०, शुक्रबार ०६:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र २३, काठमाण्डौँ । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचिस्तानमा बुधबार राति भएको भीषण झडपमा परी कम्तीमा २८ जनाको मृत्यु भएको इरानको सरकारी समाचार संस्था इरनाले जनाएको छ ।

जैश अल–जुल्म नामक लडाकू समूहका सदस्यहरूले यस क्षेत्रका सेना र प्रहरीका कार्यालयहरूमा आक्रमण गरेपछि हिंसा भड्किएको थियो ।

रिपोर्टका अनुसार रास्क काउन्टीमा इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर आईआरजीसी’ को एक सैन्य चौकी, आईआरजीसी मुख्यालय र चाबहार काउन्टीमा कोस्टगार्ड प्रहरी कार्यालयलाई लक्षित गरी आक्रमण गरिएको थियो ।

२३ चैत्र २०८०, शुक्रबार ०६:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस