|  

अब छोराछोरी सामुदायिक विद्यालयमा नपढाए कारबाही हुने

२३ चैत्र २०८०, शुक्रबार ०७:२० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र २३, काठमाण्डौँ । सिन्धुलीका स्थानीय सरकारले जनप्रतिनिधि र कर्मचारीहरूले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गराउनुपर्ने निर्णय गर्न थालेका छन् ।

जिल्लाको कमलामाई नगरपालिका, तिनपाटन गाउँपालिका र मरिण गाउँपालिकाले गाउँ कार्यपालिकाबाट निर्णय गर्दै पालिका मातहतका कर्मचारी, जनप्रतिनिधि तथा सरकारी सेवा सुविधा लिनेका छोराछोरीलाई आगामी शैक्षिक सत्रबाट अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न निर्देशन जारी गरेका हुन्।

पालिकाको निर्णयको बर्खिलाप गरे कारबाही गरिने समेत चेतावनी दिइएको छ। कमलामाई नगरपालिकाले झण्डै एक महिना अघि यस्तो निर्णय गरेपछि मरिण गाउँपालिकाले गत १९ गते र तिनपाटन गाउँपालिकाले बुधबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।
आगामी शैक्षिक सत्रका लागि आउँदो वैशाख १ गतेबाट नयाँ भर्ना अभियान सुरु हुँदै छ ।

२३ चैत्र २०८०, शुक्रबार ०७:२०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस