|  

गायक रवि ओडविरुद्ध श्रीमतीले दिइन् वैवाहिक बलात्कारको जाहेरी

२३ चैत्र २०८०, शुक्रबार १२:४८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र २३, काठमाडौँ । नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी छिन् ।कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत उनकी श्रीमतीले ३(४ दिनअघि वैवाहिक बलात्कारसम्बन्धी जाहेरी दिएकी हुन् ।

ओडविरुद्ध उनको श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । उजुरीपछि ओडविरुद्ध पक्राउ पुर्जी समेत जारी भइसकेको उनले बताए । उनले हाल उनको श्रीमतीको मेडिकलको प्रक्रिया भइरहेको र अनुसन्धान सुरु भइसकेको पनि बताए ।

२३ चैत्र २०८०, शुक्रबार १२:४८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस