|  

सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउन उच्च अदालतको आदेश

२३ चैत्र २०८०, शुक्रबार १२:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र २३, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्वामा उच्च अदालत पाटनले झगडिया झिकाउन आदेश दिएको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले झगडिया झिकाउन आदेश दिएको हो ।

बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौंले सन्दीप दोषी ठहर गरेपछि उहाँ जिल्लाको फैसलाविरुद्ध उच्च अदालत पुगेका थिए ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले उहाँलाई ८ वर्ष कैद र ३ लाख जरिवानाको फैसला सुनाएको थियो । सन्दीपले उक्त फैसला बदरको माग गरेका छन् ।

२३ चैत्र २०८०, शुक्रबार १२:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस