|  

बेनिघाट रोराङ-९ : सुर्यमुखी सामुदायिक वनमा आगलागी नियन्त्रण सम्बन्धी चेतनामूलक कार्यक्रम

२३ चैत्र २०८०, शुक्रबार १३:१३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । धादिङ बेनिघाट रोराङ गाउँपालिकाले डढेलो नियन्त्रण तथा पत्कर संकलन अभियान सञ्चालन गरिरहेको छ । गर्मी मौसममा सामुदायिक बन तथा सरकारी बनहरुमा अत्यधिक मात्रामा डढेलो लाग्ने गरेकाले पनि यो नियन्त्रण गर्नको लागी बिबिध कार्यक्रम बेनिघाट रोराङले गरिरहेको हो ।

यसैक्रममा आज पनि वडा नन्बर ९ स्थित सुर्यमुखी सामुदायिक वनमा आगलागि नियन्त्रण सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

बेनिघाट रोराङ गाउँपालिकाको आयोजना र डिभिजन वन कार्यालय धादिङ हरित स्वयम् सेवकको प्राविधिक सहयोगमा
पत्कर सप्ताह कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिका कार्यबहाक अध्यक्ष टाप बहादुर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत नर्बदा घिमिरे,वन वातावरण तथा विपद ब्यबस्थापन शाखा प्रमुख मणिराज गुरुङ, वडा नं ९ का अध्यक्ष देवि बहादुर खड्का लगायत स्थानियको सहभागितामा वडा नं ९ स्थित सुर्यमुखी सामुदायिक वनमा आगलागि नियन्त्रण सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।


वनजंगलमा डढेलो लागेमा रुख बिरुवा, चराचुरुङ्गी, जीवजन्तु मात्र नभई मानिसको समेत ज्यान लिन सक्ने भएकाले आगलागी हुन नदिन वन डढेलो नियन्त्रण सप्ताह सुरु गरिएको कार्यालयले जनाएको छ ।

आगलागीबाट रुखविरुवासँगै वन्यजन्तु तथा वन्यजन्तुको वासस्थान समेत सखाप हुने गरेको डिभिजन वन कार्यालय धादिङले जनाएको छ ।

डढेलो नियन्त्रण गर्न स्थानीय सामुदायिक वन र उपभोक्ताहरू नै धेरै जवाफ देही हुनुपर्ने गाउँपालिका कार्यबहाक अध्यक्ष टाप बहादुर श्रेष्ठले बताउनुभयो ।

२३ चैत्र २०८०, शुक्रबार १३:१३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस