|  

नेपाल र वेस्टइन्डिज ए बीचको खेल तालिका सार्वजनिक

२७ चैत्र २०८०, मंगलवार ०८:०३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र २७, काठमाडौँ । टेस्ट टोली वेस्टइन्डिजको ए र नेपालबीच हुने पाँच टी २० खेलको खेल तालिका सार्वजनिक भएकोछ ।

वेस्टइन्डिज क्रिकेट बोर्डले पाँच टी २० खेलको तालिका सार्वजनिक गरेको हो । नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुनेछ । दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाचौं ४ मे मा हुनेछ ।

सबै खेल टीयु क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो एक बजे सुरु हुनेछ । वेस्टइन्डिज पहिलो पटक नेपाल आउन लागेको हो । नेपालले टी २० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीको रुपमा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको हो ।

 

२७ चैत्र २०८०, मंगलवार ०८:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस