|  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूचीहरु ?

२८ चैत्र २०८०, बुधबार ०६:४७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र २८, काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८० पेश गर्ने कार्यसूची रहेको छ । अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो संशोधन विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयसँग सम्बन्धित रहेर सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८० पेश गर्ने कार्यसूची रहेको छ ।

२८ चैत्र २०८०, बुधबार ०६:४७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस