|  

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज, घिमिरे र पुडासैनी उम्मेदवार

२८ चैत्र २०८०, बुधबार ०८:०७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र २८, काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्षका लागि आज हुन लागेको निर्वाचनमा दुई जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने राष्ट्रिय सभा बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ । आजको बैठकमा उपाध्यक्षको निर्वाचन हुनेछ ।

राष्ट्रिय सभा उपाध्यक्षका लागि नेकपा ९एमाले०बाट सांसद विमला घिमिरेले उम्मेदवार दिनुभएको छ । घिमिरेलाई सत्ता गठबन्धनमा रहेका दलको समर्थन रहेको छ ।

यसैगरी, नेपाली कांग्रेसबाट सांसद विष्णुदेवी पुडासैनीले उम्मेदवारी दिएकी छ्नि ।

२८ चैत्र २०८०, बुधबार ०८:०७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस