|  

भारतमा मजदुर बोकेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

२८ चैत्र २०८०, बुधबार १२:२६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भारतको छत्तीसगढमा मजदुर बोकेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। मंगलबार बेलुकी साढे ८ बजे एक निजी कम्पनीको मजदुर चढेको बस छत्तीसगढको दुर्ग जिल्लास्थित कुम्हारीनजिक दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो।

बिबिसीका अनुसार बस खपरी गाउँ पुग्नै लाग्दा अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको थियो। दुर्घटनामा १५ जना भन्दा बढी घाइते भएका छन्।

त्यहाँ पुगेपछि गाडीको हेडलाइट नबलेको र सडकबत्ति पनि नबलेकोले दुर्घटना भएको घाइतेहरूले बताएका छन्। कच्ची सडकमा बस अनियन्त्रित भएपछि छेउमा रहेको खानीको खाडलमा खसेको घाइतेलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

२८ चैत्र २०८०, बुधबार १२:२६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस