|  

स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउन सरकार गम्भीर हुनुपर्छ : राष्ट्रपति पौडेल

२८ चैत्र २०८०, बुधबार १२:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्न प्राथमिकता दिएको स्मरण गराउँदै कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३औँ वार्षिकोत्सव समारोहमा बोल्दै राष्ट्रपति पौडेलले भने, ‘संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्ने, सेवालाई पूर्णतया निःशुल्क बनाउने र सबैको समान पहुँच र हिस्सेदारी कायम गर्ने व्यवस्थालाई प्राथमिकता दिएको छ । संविधानको यो व्यवस्थाको कार्यान्वयन गर्न सरकारले गम्भीर भएर सोच्नुपर्छ भन्ने मलाई लाग्छ ।‘

स्वास्थ्य क्षेत्रमा रहेका समस्याको पहिचान गर्न र समाधानका लागि यस क्षेत्रमा निरन्तर अध्ययन, अनुसन्धान र विकास हुन पनि जरुरी रहेको उनको भनाइ छ ।

उनले बदलिदो परिवेशअनुसार नसर्ने रोग, जलवायु परिर्वतन, सङ्क्रामक रोग इत्यादि मुद्दाहरूलाई विशेष प्राथमिकतामा राखी अध्ययन अनुसन्धानका कार्यलाई आगामी दिनमा अझै सक्रिय भएर अगाडि बढ्नुपर्ने बताए ।

२८ चैत्र २०८०, बुधबार १२:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस