|  

‘समाजवादीले नाङ्गो दक्षिणपन्थी अवसरवादी चरित्र देखायो’ : अध्यक्ष ओली

३ बैशाख २०८१, सोमबार १२:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख ३, काठमाडौँ । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा एकीकृत समाजवादीले बार्गेनिङ गरिरहेको आरोप लगाएका छन् । एमाले संसदीय दलको बैठकमा सोमबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादीले नाङ्गो रुपमा दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट गरेको टिप्पणी गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीले अराजनीतिक निर्णय गरेर त्यसको पुष्टि गरेको भन्दै उनी आक्रोशित बने ।

उनले एकीकृत समाजवादीले कम्युनिष्ट साइनबोर्ड राखेर काम चाँहि समाजवादको पक्षधरलाई कमजोर पार्न लागि परेको दाबी गरे । उनले समाजवादको आधार तय गरेर सुखी नेपाली, समृद्ध नेपालको गन्तव्यमा पुग्न लागि पर्नुपर्ने बताएका छन् । ओलीले मन्त्रालयको लफडामा फस्नु अहिलेको अभिभारा नभएकाले गृह मन्त्रालय छाडेर अन्य मन्त्रालय लिएर भएपनि नयाँ समीकरण बनाएको स्पष्ट पारे । उनले कुनै पनि मन्त्रालय महत्वहीन नहुने भएकाले जनतामाझ काम गरेर देखाउनुपर्ने धारणा राखे ।

३ बैशाख २०८१, सोमबार १२:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस