|  

सांसदहरूलाई बिना जानकारी देश बाहिर नजान अध्यक्ष ओलीको निर्देशन

३ बैशाख २०८१, सोमबार १४:४३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख ३, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका सांसदहरूलाई बिना जानकारी देश बाहिर नजान निर्देशन दिएका छन् ।

आज एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सांसदहरू कहीँ कतै जानु परेमा दलको नेता, उपनेता, प्रमुख सचेतकलाई जानकारी दिएर मात्र जान निर्देशन दिएका हुन् । अध्यक्ष ओलीले कतिपय सांसदहरू बाहिर जाँदा दलका नेता र प्रमुख सचेतकलाई थाहा नै हुन छाडेको भन्दै त्यस्तो बेला कोही फसेमा पार्टी जिम्मेवार नहुने उनले स्पष्ट पारे ।

३ बैशाख २०८१, सोमबार १४:४३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस