|  

धादिङ बेनिघाटमा चिउरी/चमेरो संरक्षण कार्यक्रम सञ्चालन, कस्ता छन् योजनाहरु ?

१० बैशाख २०८१, सोमबार १६:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । धादिङ बेनिघाट रोराङ गाउँपालिकाले चेपाङ समुदायको पुनउत्थानका लागि चिउरी चमेरो संरक्षण कार्यक्रम सञ्चालनमा ल्याएको छ । बागमती प्रदेश सरकारको सहयोगमा गाउँपालिकाले ९ लाख ४५ हजार खर्च गर्ने गरी कार्यविधि सार्वजनिक गरेको हो ।

पालिका अध्यक्ष कृष्णबहादुर थपलिया विवेकले यस्ता योजनाहरु बिस्तार गर्दै लगिने बताउनुभयो । अहिले दिईएको अनुदानमा प्रदेश सरकारको ७ लाख ७५ हजार र पालिकाको २० प्रतिशत थपेर चिउरी र चमेरो संरक्षणमा लगानी गरिने बताउनुभयो ।

अब एक घर एक चिउरीको बोट अवधारण आउने र चिउरी नरोप्ने चेपाङलाई गाउँपालिकाबाट प्रवाह हुने सेवाबाट बञ्चित गरिने समेत योजना बनाईएको छ ।

१० बैशाख २०८१, सोमबार १६:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस