|  

अभ्यासका क्रममा दुई सैन्य हेलिकप्टर ठोक्किँए, १० जनाको मृत्यु

११ बैशाख २०८१, मंगलवार ११:२२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख ११, काठमाडौँ । मलेसियामा दुई सैनिक हेलिकप्टर एक आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।

९०औं सैनिक दिवस मनाउन अभ्यासरत दुई सैन्य विमान ठोक्किँएको मलेसियाका सञ्चारमाध्यमले जनाएका छन् ।

रोयल मलेसियन नेभी परेडका क्रममा एउटा हेलिकप्टर अर्को हेलिकप्टरको पङ्खामा ठोक्किएपछि दुवै हेलिकप्टर जमिनमा खसेका थिए । एउटा हेलिकप्टरमा सात जना र अर्कोमा तीन जना सवार थिए। हेलिकप्टरमा सवार दश जनाकै ज्यान गएको रक्षा मन्त्रालयले जनाएको छ ।

 

११ बैशाख २०८१, मंगलवार ११:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस