|  

गजुरी-८ का एक जनासहित १३ जना लागू औषध कारोवारी विभिन्न स्थानबाट पक्राउ

११ बैशाख २०८१, मंगलवार १७:४७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । देशका विभिन्न स्थानबाट अवैध लागु औषधसहित प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । धादिङ गजुरी गाउँपालिका–८ बस्ने ३३ वर्षीय चिन बहादुर डिमडुङ तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको ना.७ ख २०१८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार तामाङलाई उक्त चरेससहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट अवैध लागु औषध चरेस करिब ६ किलो ९ सय ग्रामसहित कञ्चनपुर, भिमदत्त नगरपालिका–७ हल्दुखालबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय सन्तोष जाग्री र २७ वर्षीय निराजन बोहरा रहेका छन् । लागु औषध नियन्त्रण ब्यूरो महेन्द्रनगर कञ्चनपुरबाट खटिएको प्रहरीले सन्तोषलाई २७ मिलिग्राम र निराजनलाई ९४ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो ।

झापा, मेचिनगर नगरपालिका–६ स्थित मेचिपुलबाट अवैध लागु औषध ब्राउनसुगर ४३ ग्राम १५ मिलिग्रामसहित धादिङ खन्याबास गाउँपालिका–५ बस्ने २० वर्षीय विनोद तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो काकरभिट्टा र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागु औषधसहित पक्राउ गरेको हो ।

११ बैशाख २०८१, मंगलवार १७:४७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस