|  

घट्यो सुन–चाँदीको भाउ, आज तोलाको कतिमा हुँदैछ कारोबार ?

१३ बैशाख २०८१, बिहीबार ११:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख १३, काठमाण्डौँ । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १६ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी प्रतितोला १६ सय ७० रूपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १५ रूपैयाँ घटेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

१३ बैशाख २०८१, बिहीबार ११:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस