|  

पूर्वी चितवनमा आफैँ चढेको बसले ठक्कर दिँदा तीर्थयात्रीको मृत्यु

१३ बैशाख २०८१, बिहीबार ११:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख १३, भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एकजना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किदै गरेकी राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट मृत्यु भएको हो ।

उक्त बसले उनलाई ओर्लने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

१३ बैशाख २०८१, बिहीबार ११:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस