|  

अफगानिस्तानको मस्जिदमा बन्दुक आक्रमणमा परी ६ जनाको ज्यान गयो

१८ बैशाख २०८१, मंगलवार १३:१३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा पश्चिमी अफगानिस्तानमा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले बताएका छन्।
गृह मन्त्रालयलका प्रवक्ता अब्दुल मतिन कानीले सोमबार राति करिब नौ बजे हेरात प्रान्तको गजुरा जिल्लामा ‘एक अज्ञात हतियारधारीले मस्जिदमा नागरिक उपासकहरूमाथि गोली चलाएको’ बताए ।
उनले गोली लागेर ६ नागरिकको मृत्यु भएको र एक जना घाइते भएको सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

१८ बैशाख २०८१, मंगलवार १३:१३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस