|  

मुख्यमन्त्री शालिकराम जमकट्टेलद्वारा मिलनटार किराञ्चोक सडकको अनुगमन {तस्विरहरु}

१८ बैशाख २०८१, मंगलवार २०:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । बागमती प्रदेशका मुख्यमनत्री शालिकराम जमकट्टेलले आदामघाट थुम्कीचौतारा सडक अन्तर्गत रहेको मिलनटार किराञ्चोक सडकको अनुगमन गर्नुभएको छ ।
मुख्यमन्त्री शालिकराम जम्कटेलको पहलमा प्रदेश सरकारबाट विनियोजित अनुमानित रू ६५ करोड लागतको बहुवर्षिय आयोजना अन्तर्गत निर्माण भईरहेको यो सडकको आज एक कार्यक्रमकाबिच स्थलगत अनुगमन गर्नुभएको हो । सडकको हालको अबस्था, सडक निर्माणको प्रगति तथा पिच हुनै लाग्दासम्म भएको कामको बारेमा आज अनुगमन गर्नुभएको हो ।
नाना कन्ट्रक्सन प्रालिले निर्माण गरिरहेको यो सडकमा अब केहि दिनबाटै पिचको काम सुरु हुनेछ । प्रदेश सरकारको बजेटले निकै छिटो र राम्रो काम भएको स्थानियहरु बताउँछन् ।

अहिले सरकारले बिभिन्न स्थानमा सडकहरुको मर्मत गरिरहेको छ । प्रदेश सरकारकारको अनुदानमा निर्मित सडकहरुको काम छिट्टै हुने र नभएका ठाउँमा निर्देशन समेत दिईएको मुख्यमन्त्री जमकट्टेलले बताउनुभयो ।

अनुगमनमा बागमती प्रदेशका माननीय मुख्य मन्त्री शालिकराम जम्कटेल, गजुरी गापाका अध्यक्ष गणेशलाल श्रेष्ठ, गजुरी इलाका प्रहरी कार्यालयका प्रमुख डिल्ली नारायण पाण्डे, वडा अध्यक्ष १,७ र ८ का अध्यक्ष तारानाथ भण्डारी, बद्री प्रसाद जम्कटेल, देवराज ओझा, पूर्वाधार कार्यालय धादिङका प्रमुख निरोज दाहाल, निर्माण कम्पनी नाना कन्ट्रक्सन प्रालिका प्रवन्धक नारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

१८ बैशाख २०८१, मंगलवार २०:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस