|  

मुख्यमन्त्री जमकट्टेलद्वारा जुनतारा आविको भवन उद्घाटन, रोजगारमूलक शिक्षालाई जोड दिनुपर्ने भनाई

१८ बैशाख २०८१, मंगलवार २१:५६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । गजुरी गाउँपालिका वडा नम्बर ७ मा रहेको जुनतारा आधारभूत बिद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ बिषेश अतिथीका रुपमा रहनुभएको थियो । जापानीज संस्था जाईकाको सहयोगमा निर्माण भएको यस बिद्यालयको आज एक कार्यक्रमकाबिच उद्घाटन गरिएको हो ।

प्रमुख अतिथीक रुपमा रहनुभएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलेल आदमघाट किराञ्चोक सडक केहि दिनमै पिच हुने बताउनुभयो । प्रदेश सरकारको योजना भएकाले अब छिट्टै पिचको काम पनि सुरु हुने बताउनुभयो । उहाँले संघियता घाँडो भयो भन्नेहरुका लागी यस्ता बिकास पासो बन्ने बताउनुभयो । प्रदेश सरकार भएपछि यस्ता बिकास गाउँ गाउँमा हुन्छ भन्ने कुरा नबुझेकाहरुले मात्र बिरोध गर्ने बताउनुभयो ।

शिक्षामा अहिले भईरहेको पाठ्यक्रम अधुरो रहेको भन्दै अब रोजगारमूलक शिक्षालाई जोड दिनुपर्ने उहाँको भनाई थियो । यो कार्यक्रमका लागी अहिले प्रदेशबाट शिक्षा ऐन पनि पारित भइसकेको उहाँको जोड थियो ।

बिषेश अतिथीका रुपमा रहनुभएका गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले शिक्षाको क्षेत्रमा सबैलाई समेटिनेगरि काम भईरहेको बताउनुभयो । अहिले बिद्यालयहरुको भवन ठूला बनिरहेका छन् । बिद्यार्थीहरुको संख्या घटिरहेको अबस्थामा बिद्यार्थी संख्या थप गर्न के कस्ता उपायहरु लगाउन सकन्छि भनेर छलफल समेत भएको कार्यक्रममा बताउनुभयो ।

अहिले कम बिद्याथी भएको बिद्यालयलाई आबासिय बनाउने तथा नमुना एक वडा एक नमुना बिद्यालय बनाउने योजनाहरु पनि अगाडी बढीरहेकाले पनि शिक्षामा पालिकाले निकै चासो र महत्व दिएर काम गरिरहेको बताउनुभयो ।

यसैक्रममा बिषेश अतिथीका रुपमा रहनुभएका गाउँपालिका उपाध्यक्ष सर्मिला बिसुरालले शिक्षामा सबैको पहुँच पुराउन जरुरी रुहेको बताउनुभयो । शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउँदै भर्ना अभियान देखि नमुना बिद्यालयसम्मको योजना बनाउनु आजको आबश्यकता भएको बताउनुभयो । अहिले शिक्षामा धेरै लगानी भएपछि गाउँ शहरकै बिद्यार्थीहरु संस्थागत बिद्यालयमा जानेदर बढीरहेकाले पनि बिद्यार्थीहरुको संख्या घटिरहेको उहाले बताउनुभयो ।
बिद्यालय स्थापनाकालदेखि आजसम्म आउँदा धेरै मेहनत र परिश्रम गर्नुपरेको प्रधानाध्यापक किशोर अधिकारीले जानकारी दिनुभयो । भुकम्पमा बनेका टिएलसिमा बठाउनुपर्ने बाध्यतालाई दुर गर्दै अहिले पक्की भवनमा राखेर बालबालिकालाई पढाउन पाउँदा निकै खुसिको क्षण भएको उहाँले स्मरण गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका माननीय मुख्य मन्त्री शालिकराम जम्कटेल, गजुरी गापाका अध्यक्ष गणेशलाल श्रेष्ठ, गजुरी इलाका प्रहरी कार्यालयका प्रमुख डिल्ली नारायण पाण्डे, वडा अध्यक्ष १,७ र ८ का अध्यक्ष तारानाथ भण्डारी, बद्री प्रसाद जम्कटेल, देवराज ओझा, गजुरी गाउँपालिका उपाध्यक्ष सर्मिला बिसुराल लगायतको उपस्थिती रहेको थियो ।

 

 

१८ बैशाख २०८१, मंगलवार २१:५६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस