|  

नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज हुदै

१९ बैशाख २०८१, बुधबार ०७:१८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज हुदै छ । ५ खेलको टी-२० सिरिजको तेस्रो खेल आज टियु क्रिकेट मैदानमा नेपाली समय अनुसार अपराहन्न १२:१५ बजेदेखि शुरु हुने छ ।

यस सिरिजमा नेपाल र वेस्ट इन्डिज ए ले एक एक खेल जितेका छन् र सिरिज १-१ को बराबरीमा रहेको छ ।
सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेलमा वेस्ट इन्डिज ए ले १० रनको जित हासिल गरेको थियो ।

यस सिरिजका लागि नेपालले २० सदस्यीय टिम छानेको छ । टी-२० विश्वकपको टिम छनौट गर्न यस सिरिजलाई नेपालले अभ्यास खेलको रुपमा लिएको छ । नेपालले टी २० विश्वकपको टिम सम्भवत आजै सार्बजनिक गर्दै छ । आज टी २० विश्वकपको टिम सार्बजनिक गर्न आइसीसीले दिएको डेडलाइनको अन्तिम दिन हो ।

१९ बैशाख २०८१, बुधबार ०७:१८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस