|  

इलामको रोङमा मारुती भ्यान दुर्घटना, चालकको मृत्यु

१९ बैशाख २०८१, बुधबार ०८:२६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख १९, झापा । इलामको रोङ गाउँपालिकामा मारुती भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुने व्यक्ति भ्यान चालक भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

भ्यान चालक इलाम देउमाई नगरपालिका ६ बस्ने वर्ष अन्दाजी २४(२५ का दिपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ ।
दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । घटनास्थलमा खोजतलास गर्दा इलाम नगरपालिका ५ बस्ने वर्ष अन्दाजी २५–२६ का विश्वास राई घाइते अवस्थामा फेला परेका हुन् ।

शरीरको विभिन्न भागमा चोट, तत्काल बोल्न नसक्ने उनलाई घटनास्थलबाट उद्धार गरी उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोडतर्फ पठाइएको छ ।

१९ बैशाख २०८१, बुधबार ०८:२६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस