|  

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन सुझाव

१९ बैशाख २०८१, बुधबार ०९:१४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख १९, काठमाडौँ । नयाँ स्टक एक्सचेञ्जको अध्ययन समितिले नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि बाटो खुल्ने गरि अध्ययन प्रतिवेदन सरकारलाई सुझाव दिएको छ । सरकारले २०८० साल माघ ९ गते सिवाकोटी संयोजक रहने गरि तीन सदस्य समिति बनाएको थियो । उक्त समितिले विभिन्न विकल्पसहित सुझाव दिएको हो ।

समितिका संयोजक चिन्तामणि सिवाकोटिका अनुसार अध्ययन समितिले वैशाख १३ गते नै सरकारलाई अध्ययन प्रतिवेदन पेश गरेको हो । जसमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वित्तरण गर्न सकिने , पुरानो स्टक एक्सचेञ्जको पूनर्संरचना गर्न सकिने अथवा दुवै विकल्पलाई सँगैसँगै अगाडी बढाउन सक्ने गरि विभिन्न विकल्प तयार पारेर सरकारलाई प्रतिवेदन बुझाइएको छ ।

१९ बैशाख २०८१, बुधबार ०९:१४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस