|  

नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने

१९ बैशाख २०८१, बुधबार ०९:१७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख १९, काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार यस वर्षको आर्थिक वृद्धिदरको आव २०८०्८१० ३.८७ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको छ । कार्यालयका प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेलले यो तथ्यांकले अर्थतन्त्रका सूचकांक सकारात्मक रहेको संकेत गर्ने बताए ।

यस वर्षको ६–८ महिनाको वास्तविक तथ्यांक र बाँकी अवधिको अनुमानका आधारमा यो आर्थिक वृद्धिदर सार्वजनिक गरिएको उनले जानकारी दिए । सरकारले चालु आवमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य सहित बजेट ल्याएको थियो ।

बजेको लक्ष्यभन्दा आर्थिक वृद्धिदर न्यून हुने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले गरेको छ । उपभोक्ता मूल्यमा ३.८७ प्रतिशतको वृद्धिदर भएपनि आधारभूत मूल्यमा भने ३.५४ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

१९ बैशाख २०८१, बुधबार ०९:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस