|  

अमेरिकाको कोलम्बिया विश्वविद्यालयबाट ४८ प्रदर्शनकारी पक्राउ

१९ बैशाख २०८१, बुधबार ११:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । अमेरिकाको कोलम्बिया विश्वविद्यालयबाट दर्जनौं प्रदर्शनकारी गिरफ्तार भएका छन् । सीबीएस न्युजका अनुसार, न्यु योर्क प्रहरीले हिजो मंगलबार राति ९ बजे विश्वविद्यालय हाताभित्र पसेर ४८ प्रदर्शनकारीलाई हिरासतमा लिएको हो ।

मध्यपूर्वमा इजरायलले प्यालेस्टाइनीमाथि ज्यादती गरेको र त्यसमा अमेरिकाले समेत सघाएको भन्दै प्रदर्शनकारीले नाराबाजी गर्दै आएका थिए । कोलम्बियासहित अमेरिकाका केही विश्वविद्यालयमा प्यालेस्टाइनको स्वतन्त्रता माग्दै छिटफुट प्रदर्शन भइरहेको छ ।

१९ बैशाख २०८१, बुधबार ११:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस