|  

गजुरीमा बृहत् रक्तदान कार्यक्रम आयोजना हुँदै, जिल्लामा रेकर्ड तोड्ने सर्कलको तयारी

१९ बैशाख २०८१, बुधबार १३:१६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । बिश्व रेडक्रस दिवसको उपलक्ष्यमा धादिङ गजुरीमा बृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।
नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल आदर्श बहुमुखी क्याम्पस गजुरी र ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङको संयुक्त आयोजना, नेपाल रेडक्रस रक्तसन्चार केन्द्र धादिङको प्राबिधिक सहयोग, नेपाल रेडक्रस सोसाइटी गजुरी उपशाखा तथा रुद्रेश्वर आमा समुह, सामुदायिक विकास समाज गजुरी र गजुरी गाउँपालिकाको समन्वयमा बृहत् रक्तदान कार्यक्रम आयोजना हुन लागेको हो ।

फोटो : फाईल
बिभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको यस सर्कलले यसभन्दा पहिला पनि रक्तदान कार्यक्रमको अयोजना गर्दै आएको थियो । रक्तदान जिवनदान भन्ने मुख्य उदेश्यसहित आयोजना हुन लागेको कार्यक्रममा सबै उपस्थित भएर रक्तदान गर्न सर्कल अध्यक्ष गणेश पाण्डेले आग्रह गर्नुभयो ।
सर्कलले रक्तदाताहरूलाई प्रमाणपत्रका साथै रक्तदान गर्नेलाई विशेष सम्मान गर्ने योजना बनाएको छ ।
रक्तदान कार्यक्रम यहि बैशाख २४ गते माछापुच्छ्रे बैंक अगाडि आदर्श बहुमुखी क्याम्पस चोक नजिक आयोजना गरिँदैछ । कार्यक्रम बिहान १० बजे देखि बेलुका ५ बजेसम्म जारी रहने छ ।

१९ बैशाख २०८१, बुधबार १३:१६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस