|  

आज सुनको मूल्य तोलामा एक लाख ३५ हजार ४०० रुपैयाँ

२३ बैशाख २०८१, आईतवार १२:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार एक लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्यमा कायम भएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुनको मूल्य एक लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य एक हजार ६४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य एक हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो ।

२३ बैशाख २०८१, आईतवार १२:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस