|  

वाग्मती विश्वविद्यालय सम्पर्क कार्यालयको मुख्यमन्त्री जम्कट्टेलद्धारा उद्घाटन

२३ बैशाख २०८१, आईतवार १२:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । हेटौंडामा वाग्मती प्रदेश सरकारले वाग्मती विश्वविद्यालयको कार्यालय स्थापना गरेको छ । हेटौंडा उपमहानगरपालिका—८ मा वाग्मती विश्वविद्यालय सम्पर्क कार्यालयको वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज आइतबार उद्घाटन गरेका हुन् ।

मुख्यमन्त्री जम्कट्टेले लामो समयको गृहकार्यपछि विश्वविद्यालय स्थापना गर्ने योजनाले मूर्त रूप पाएको बताए । उनले भने,‘वाग्मती प्रदेश सरकारको एउटा ठूलो सपनाले मूर्त रूप पाएको छ ।’

वाग्मती प्रदेश सरकारले स्थापना गरेको विश्वविद्यालय नयाँ मोडेलमा सञ्चालन हुने मुख्यमन्त्रीले बताए । ‘यो विश्वविद्यालयमा सरकारको कुनै हस्तक्षेप हुँदैन, यो स्वायत्त प्राज्ञिक संस्थाका रूपमा सञ्चालन हुन्छ,’ उनले भने । वाग्मती विश्वविद्यालय बोर्ड अफ् ट्रस्टिज प्रणाली सञ्चालन हुनेछ ।

 

२३ बैशाख २०८१, आईतवार १२:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस