|  

बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा

२३ बैशाख २०८१, आईतवार १३:१२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । बागमती प्रदेश सरकारले सोमबारदेखि सरकारी कार्यालयमा तीन भाषा प्रयोगमा ल्याउने निर्णय गरेको छ।

यसभन्दा अघि नेपाली भाषा मात्र सरकारी कार्यालयमा प्रयोग हुँदै आएकोमा सोमबारदेखि नेपाल भाषा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने निर्णय गरेको छ। सोमबार काठमाडौँमा प्रधानमन्त्री पुष्पकमल दाहालले यसको औपचारिक घोषणा गर्ने कार्यक्रम रहेको प्रदेश सरकारले जनाएको छ। सरकारले सोमबारदेखि नेवारी र तामाङ भाषालाई सरकारी कार्यालयमा औपचारिक रूपमा सुरुवात गर्न लागेको हो।

तीन भाषा एकैसाथ प्रयोग हुन लागेको खुसीयालीमा प्रदेश सरकारले आफू मातहताका सरकारी कार्यालयमा बिदा दिने निर्णय गरेको छ। सोमबारदेखि प्रदेशमा सरकारी कामकाजी भाषाका रूपमा प्रयोग हुन लागेको अवसरमा सोमबार बिहान काठमाडौँको वसन्तपुरमा यसको औपचारिक घोषणा हुन लागेको हो। प्रदेशमा नेपाली भाषा बाहेक अन्य भाषालाई कामकाजी भाषाको रूपमा प्रयोग गर्न लागेको यो पहिलो हो ।

 

२३ बैशाख २०८१, आईतवार १३:१२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस