|  

प्रिमियर लिगमा चेल्सी र लिभरपुलको गोल वर्षा

२४ बैशाख २०८१, सोमबार ०६:५० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख २४, काठमाण्डौँ । वेस्ट ह्याम युनाइटेडमाथि शानदार जित हासिल गर्दै चेल्सीले अर्को सिजन युरोपियन फुटबल खेल्ने सम्भावना कायम राखेको छ । आइतबार राति भएको खेलमा चेल्सी ५–० गोलले विजयी बनेको हो ।

खेलको १५ मिनेटमा नै कोल पाल्मरको गोलको मद्दतले चेल्सीले अग्रता लिएको थियो । ३० औँ मिनेटमा कोनर गालागरले दोस्रो गोल गरे भने ६ मिनेटपछि नै नोनी माडुकेले अर्को गोल गरे ।

दोस्रो हाफमा निकोलस ज्याक्सनले दुई गोल गर्दै टोलीलाई सहज जित दिलाए । घरेलु मैदानमा चेल्सीको यो लगातार चौथो जित थियो ।

२४ बैशाख २०८१, सोमबार ०६:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस