|  

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

२४ बैशाख २०८१, सोमबार ०६:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख २४, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

सो ऐनको दफा १३ को ५ लाई संशोधन गर्न अनुकूल देखिएकाले सो निर्णय गरिएको उनको भनाइ छ । यस्तै मन्त्रिपरिषद्को बैठकले वनमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा ज्यान गुमाएका तीन जनाका परिवारलाई जनही एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

२४ बैशाख २०८१, सोमबार ०६:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस