|  

आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

२४ बैशाख २०८१, सोमबार ०८:१४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख २४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७८ पैसा कायम भएको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ३० पैसा र बिक्रीदर १४३ रुपैयाँ ९५ पैसा कायम भएको छ ।

पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा कायम रहेको छ । कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०५ पैसा थियो ।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ०३ पैसा थियो ।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ २६ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ । हिजो हराइन दिनारको खरिददर ३५३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ७८ पैसा थियो ।

 

२४ बैशाख २०८१, सोमबार ०८:१४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस