|  

आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढ्यो

२४ बैशाख २०८१, सोमबार ११:५८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । स्थानीय बजारमा सोमबार सुनको भाउ बढेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

२४ बैशाख २०८१, सोमबार ११:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस