|  

गणेश पाण्डे तथा गजुरी ट्राफिक प्रमुख श्रेष्ठको संयुक्त प्रयासमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न 

२४ बैशाख २०८१, सोमबार २०:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । बिश्व रेडक्रस दिवसको बिषेश अवसरमा धादिङ गजुरीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल आदर्श बहुमुखी क्याम्पस गजुरी र ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङको संयुक्त आयोजना, नेपाल रेडक्रस रक्तसन्चार केन्द्र धादिङको प्राबिधिक सहयोग, नेपाल रेडक्रस सोसाइटी गजुरी उपशाखा तथा रुद्रेश्वर आमा समुह, सामुदायिक विकास समाज गजुरी र गजुरी गाउँपालिकाको समन्वयमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रगत अभावमा छटपाटाई रहेका बिरामी, दुर्घटना पश्चात तत्काल पर्ने रगतको अभाव लगायतका बिषेश अबस्थालाई मध्यनजर गर्दै आजको यो कार्यक्रम सम्पन्न भएको हो । गजुरीबासि तथा अन्यत्रका ब्यक्तिहरुको उल्लेख्य सहभागीतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । आज जम्मा ९२ जनालो रगतदान गरेका थिए । जसमा १३ जना महिला र ७९ जना पुरुषको उपस्थिती रहेको नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाका सभापति दुर्लव कुमार तामाङले बताउनुभयो ।

ट्राफिक प्रमुख रबिन्द्र कुमार श्रेष्ठले यो अभियान मात्र नभई मानविय धर्म समेत भएको बताउनुभयो । रगतदानले अरुको जिवन नै बच्ने कुरालाई मनन गर्दै यस्ता कार्यक्रम गर्नमा जोड दिनुपर्ने बताउनुभयो । यस्तै आदर्श बहुमुखि क्याम्पसका स्वबियु सभापति तथा नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल आदर्श बहुमुखी क्याम्पस गजुरीका अध्यक्ष गणेश पाण्डेले यो एक सामाजिक काम भएकाले यसमा खुलेर सहयोग गरेको र उल्लेख्य ब्यक्तिको उपस्थितीले खुसि प्रदान गरेको बताउनुभयो । यस्ता सामाजिक कामहरु गर्दै आएको र आगामी दिनमा पनि यो कार्यक्रम गर्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रमको प्रमुख अतिथीका रुपमा गजुरी गाउँपालिका अध्यक्ष गणेश लाल रहनुभएको थियो ।

बिभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको यस सर्कलले यसभन्दा पहिला पनि रक्तदान कार्यक्रमको अयोजना गर्दै आएको थियो ।

२४ बैशाख २०८१, सोमबार २०:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस