|  

ओखलढुङ्गामा आगोले जलेर आमाछोराको मृत्यु

२५ बैशाख २०८१, मंगलवार ०७:४० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख २५, काठमाण्डौँ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगोले जलेर आमाछोराको मृत्यु भएको छ ।

सोमबार दिउँसो हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा पुगेपछि खर जोगाउनेक्रममा जलेर ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको मृत्यु भएको हो ।

बाहुनडाँडा कोल पाखामा निजी खरपाखामा राखिएको खर घाँस जोगाउनेक्रममा सुरुमा आमा आगोमा परेको र आमालाई जोगाउन जाँदा छोराको समेत जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिष्टार सिंहले जानकारी दिए ।

 

२५ बैशाख २०८१, मंगलवार ०७:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस