|  

आईपीएल : मुम्बईले हैदराबादलाई ७ विकेटले हरायो

२५ बैशाख २०८१, मंगलवार ०८:१० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख २५, काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले सनराईजर्स हैदराबादलाई हराएको छ । गएराति भएको खेलमा मुम्बईले हैदरावादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७ ओभर २ बलमै ३ विकेट गुमाएर भेटायो । मुम्बईका सूर्यकुमार यादवले अविजित १ सय २ रन बनाए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । उसका ट्राभिस हेडले सर्वाधिक ४८ रन जोडे । जितपछि मुम्बई १२ खेलमा ८ अङ्कसहित नवौँ स्थानमा छ । हैदराबाद ११ खेलमा १२ अङ्कसहित चौथो स्थानमा छ ।

२५ बैशाख २०८१, मंगलवार ०८:१०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस