|  

गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट दर्ता

२५ बैशाख २०८१, मंगलवार १३:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख २५, पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत बदर गरी आफूलाई ठूलो दलको हिसाबले मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै पूर्वमुख्यमन्त्री सुरेन्द्र पाण्डेले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

गत आइतबार मुख्यमन्त्री अधिकारीले प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत र विपक्षमा २७ मत खसेको थियो। मतदानपछि सभामुख कृष्ण प्रसाद धितालले संविधान र सर्वोच्चको फैसला अनुसार आफूले पक्षमा मतदान गर्ने बताउँदै अधिकारीको पक्षमा बहुमत प्राप्त भएको घोषणा गरेका थिए ।

गण्डकी प्रदेश सभामा सभामुखसहित ६० सदस्य रहेकोमा बहुमतका लागि ३१ मत आवश्यक थियो । तर,सभामुखले अधिकारीलाई विश्वासको मत दिइ बहुमत प्राप्त गरेको घोषणा गरेपछि कांग्रेसले नाराबाजी गरेको थियो ।

२५ बैशाख २०८१, मंगलवार १३:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस