|  

‘मैले जसपा फुटाएको होईन’ : प्रधानमन्त्री दाहाल

२५ बैशाख २०८१, मंगलवार १६:५८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख २५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जसपा फुटाउनुमा आफ्नो कुनै भूमिका नभएको बताएका छन् ।

सभामुखले बोलाएको प्रधानमन्त्रीसहितको शिर्ष दलका प्रमुख नेताहरुको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले जसपा फुटाउन आफ्नो भूमिका नभएको बताउँदै देशमा प्रचण्ड बाहेक अरु कसलाई देख्छन् भन्ने टिप्पणी गरेका थिए ।

अशोक राई नेतृत्वमा जसपा नेपालबाट ७ सांसद मिलेर जसपा गठन भएपछि सत्ता जोगाउन प्रधानमन्त्रीले फुटाएको विश्लेषण भइरहेको छ ।

२५ बैशाख २०८१, मंगलवार १६:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस